आज सुनचाँदीको मुल्य कति पुग्यो ?

मंगलबार, असार ११, २०८१

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ । मंगलबार सुनको मुल्य स्थिर रहदै तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ । यस अघि सोमबार पनि छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा नै कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार