नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

मंगलबार, असार ११, २०८१

काठमाडौं । नेपाली सेनाको महासेनानी दर्जाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम समापन भएको छ । नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा ३५ जना महा सेनानी दर्जाका शिक्षार्थी सहभागीे सि.सं. १२ हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम आइतबार समापन भएको हो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले  नेपालको संविधानले निर्देशित गरे अनुसार नेपाली सेनाको मूख्य जिम्मेवारी राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु रहेको बताउँदै यस तालिमले शिक्षार्थी अधिकृतहरुमा राष्ट्रिय सुरक्षामा आउन सक्ने चुनौतीहरुको सामना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । प्रधान सेनापति शर्माले संस्थाको बृहत्तर हितका अगाडी व्यक्ति सदैव गौण हुने हुँदा संसारभरका सेनामा स्थापित मान्यता अनुरूप एक ढिक्का भई राष्ट्रिय स्वार्थ अनुरूप कार्य गर्न निर्देशन सबैमा निर्देशन दिए । नेपाली सेनामा सैनिक अधिकृतहरुका लागि सञ्चालन हुने सबैभन्दा उच्चस्तरको यो तालिम वि.स.२०७१ सालदेखि संचालन हुँदै आएको छ । 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १८:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार