लागु औषध दुव्र्यसनीको समस्यालाई राजनीतिक दलको मुद्दा बनाऔं : मन्त्री श्रेष्ठ

बुधबार, असार १२, २०८१

 काठमाडौं । युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले लागु औषध दुव्र्यसनीको समस्या राष्ट्रिय बेथिति भएकाले सबै राजनीतिक दलले मिलेर दुव्र्यसनिको विषयलाई राजनीतिक मुद्दा बनाएर कार्य गर्नुपर्ने बताएका छन् । बुधबार बिहान काठमाडौंमा लागु औषध दूरुपयोग तथा अवैध ओसार– पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस पारेर गृहमन्त्रालयले आयोजना गरेको मूल समारोह कार्यक्रमा मन्त्री श्रेष्ठले लागु औषध दुव्र्यसनीको समस्या देशैभर फैलिएको उल्लेख गर्दै यसलाई सबै राजनितक दलले आफ्नो जिम्मेवारी सम्झिएर मुद्दा बनाउनुपर्ने बताए । ‘मैले मधेश, कर्णाली, सुदूरपश्चिम प्रदेशमा जाँदा खेरी बोर्डर एरियामा मात्र लागु औषधको समस्या भन्ठानेको थिए । जुम्लामा समेत लागु औषधको यस्तो विकराल समस्या भैसकेको रहेछ । यो राष्ट्रिय रोग हो । यस्ता बेथिति हाम्रा मुद्दाहरु हुन सबै एक भएर लड्नुपर्छ ।’ यस्तै उनले यो मुद्दामा सबै राजनीतिक दल एक हुनुपर्नेमा जोड दिए । मन्त्री श्रेष्ठले प्रतिपक्षी दललाई समेत दुव्र्यसनिको विषयलाई राजनीतिक मुद्दा बनाउन आग्रह गरे । ‘म प्रमुख प्रतिपक्षलाई के अनुरोध गर्छु भने यस्तो विषय चाँही साँच्चिकै हाम्रो राजनितक विषय बनोस् भन्न चाहान्छु ।’ लागु पदार्थको दुव्र्यसनीबाट युवालाई मुक्त गराउन सामाजिक चेतनाको कुरा पेचिलो बनेको उल्लेख गर्दै श्रेष्ठले तीन चरणमा दुव्र्यसनिविरुद्ध काम गर्नुपर्नेमा जोड दिएका छन् । लागु औषध दुव्र्यसनी पूर्वको चरण, दुव्र्यसनीको चरण र दुव्र्यसनीमा फसिसकेपछिको चरण गरी तीन चरणमा कार्य गरी समाजबाट दुव्र्यसनि निर्मुल पार्न लाग्नुपर्नेमा जोड दिए । उनले कुनै पनि देशलाई कमजोर बनाउनु पर्छ भने त्यो देशको युवा शक्तिलाई लागु औषधको दुव्र्यसनिमा लगाइदिनुपर्छ भन्ने उक्तिको स्मरण गराउँदै युवा तथा बालबालिकालाई दुव्र्यसनि वा कुलतमा फस्नबाट जोगिन आग्रह गरे । एउटा व्यक्ति दुव्र्यसनिमा फस्दा उसले आफू सँगै परिवार समाज हुँदै राष्ट्रलाई समेत ठूलो क्षति गर्ने बताएका उनले दुव्र्यसनिलाई निर्मुल गर्न जनचेतना अति महत्वपूर्ण भएको बताए । ‘दुव्र्यसन भन्ने कुरालाई हामीले लागुऔषधमा मात्र सिमित राखेर हुँदैन । दुव्र्यसन भनेको चरित्र पनि हो ।  कोही जाँड रक्सिको दुव्र्यसनिमा परेको हुन्छ कोही पैसा र पावरको दुव्र्यसनिमा परेका हुन्छन् । लागुऔषधले विकराल रुप लिएकाले गर्दा यो सामाजिक समस्या भयो तर, तपाईं आफ्नै वा छरछिमेकमा जाँजरक्सिको दुव्र्यसनिमा परेकाको परिवाले पाएको दुःख सम्झिनुस् । यसलाई निर्मुल गर्न जनचेतना एकदमै महत्वपूर्ण छ’ मन्त्री श्रेष्ठले भने । ‘लागु औषध दुरुपयोग विरुद्ध लडौँ : रोकथाममा जोड दिऔंँ’ भन्ने मूल नारासहित आज विषेश कार्यक्रमको आयोजना गरी मनाइएको दिवस साताव्यापी सञ्चालन हुँदै छ । 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार