‘प्रहरी चौकी र गृह मन्त्रालयमा समेत लागूऔषध रोकथाम शाखा नहुनु दुःखद्’

बुधबार, असार १२, २०८१

काठमाडौं । नार्कोनन नेपालका निर्देशक एवम् पूर्व वरिष्ठ प्रहरी उपरीक्षक बसन्तराज कुँवरले लागूऔषधको ओसारपसार र सेवन गर्ने युवा समूह बढ्दै गएपनि सरकारसँग कुनै योजना नरहेको बताएका छन् । बुधबार अन्तरराष्टिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसको अवसरमा नेपाल न्युज बैंकसँको कुराकानीमा लागू औषधजस्तो लठ्याउने कुरालाई मनोरञ्जन र औषधी, पेन किलरका रुपमा व्यापार हुँदै भइरहको भएपनि प्रहरी र गृहमन्त्रालयमा समेत लागू औषध नियन्त्रण शाखा नरहेको बताएका हुन् । लामो समयदेखि सुधार केन्द्र समेत संचालन गर्दै आएका कुँवरले लागू औषध दुर्व्यसनीका कारण चोरी डकैती र हत्याका घट्नामा समेत वृद्धि भइरहेको बताए । उनले भने, लागू औषधजस्तो लठ्याउने कुरालाई मनोरञ्जन र औषधी, पेन किलरका रुपमा व्यापार हुँदै आएको छ । तर, वास्तवमा त्यस्तो होइन । लठ्याउने कुराले मान्छेमा भएको चेतना ध्वस्त गरिदिन्छ । त्यसो भएपछि दुखाई, पीडा थाहा नै हुसेन । मरेको मान्छेको चेतना हुन्छ त ? लठ्याउने कुरा दिएर मानिसलाई न माया, न दया, न डिप्रेसनको अवस्थामा पुर्याइँदै छ । यसरी युवाहरुलाई लुटपाट, डाँका, हत्याका लागि प्रोत्साहित गरिरहेको छ । लठ्याउने कुराको व्यापार टेरोरिजममा पनि छ । लठ्याउने कुराहरु व्यापारका रुपमा यसरी गरिएको छ कि त्यसलाई रोक्ने फोर्सेस चाँहि छैन । प्रहरी पनि लागू औषध खायो बेच्यो भने मात्र आउँछ । यसलाई रोक्न, जनचेतना फैल्याउन प्रहरीले ठोस योजना बनाउन सकिरहेको छैन । अरु त छोड्नुस् प्रहरी चौकीमा लागूऔषध रोकथाम शाखाहरु छैनन् । गृह मन्त्रालयमा पनि लागूऔषध रोकथाम शाखा छैन ।’ नेपाल प्रहरीले लागू औषधको बेचबिखन र सेवन गरेपछि मात्र समात्ने नीति लिएका कारण यसलाई निर्मूल पार्न समस्या विकराल हुँदै गइरहेको बताए । 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १४:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार