‘लागू औषधकै कारण राजसंस्था सखाप भएको हो’

बुधबार, असार १२, २०८१

काठमाडौं । नार्कोनन नेपालका निर्देशक एवम् पूर्व वरिष्ठ प्रहरी उपरीक्षक बसन्तराज कुँवरले नेपालको राजवंश लागू औषधले सिध्याएको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसका अवसरमा बुधबार नेपाल न्युज बैंकसँग कुराकानी गर्दै कुँवरले २ सय ४० वर्ष लामो राजसंस्था सिधिन्नुको मुख्य कारण लागू औषध भएको दाबी गरेका हुन् । उनले भने, ‘नेपालको राजवंश लागू औषले नै सिध्यायो, संसारले माया गर्ने माइकल ज्याक्सन त्यसैले सिध्यायो । आउने समाज समेत लागू औषधले बरबाद पार्दै छ । लागू औषध नियन्त्रणको नीति तीनै तहको सरकारले प्राथमिकतामा राख्न आवश्यक छ । यति लामो राजसंस्था त गाँजाले सिध्याउँछ भने आम मान्छे के हालो ? प्रतिवेदनले नै सार्वजनिक गरेको हो नि । गोमान सर्पको विष औषधी हुन्छ भनेर घर घरमा गोमन पाल भन्नु त भएन नि । सरकारलाई चाहिएको हो एकठाउँमा पार्क जस्तो बनाउने तर घर घरमा बाड्ने होइन ।’ नेपालमा अहिले झण्डै सात लाख मानिस लागू औषधको लतमा रहेको भएपनि ६ हजार पाँच सय जना मात्र रिह्याब सेन्टरमा रहेको कुँवले बताए । सरकारी रिह्याब सेन्टरको स्थापना गर्नुको सट्टा भएका नीजि रिह्याब सेन्टर समेत बन्द गर्न उद्दत रहेको उनको भनाइ छ । उनले भने, ‘नेपालमा अहिले झण्डै सात लाख लागू औषध सेवन गर्ने रहेका छन् । रिह्याब सेन्टरहरुमा ६ हजार पाँच सय जना रहेका छन् । बाँकी ६ लाख ९३ हजार जनाले बाहिर समाज भड्काउने र विथोल्ने काम गरिरहेका छन् । रिह्याब सेन्टर त एउटा लागू औषध नियन्त्रण गर्नुपर्छ भन्ने सन्देश मात्र हो । सरकारको एउटा पनि रिहाब सेन्टर छैन । भएका रिहाब सेन्टर पनि बन्द गर्न चाहान्छ । तर, त्यस्तो होइन, बन्द गर्न होइन बरु आफूले पनि खोलने हो । नेपालको संविधानमा नै स्वास्थ्य सरकारको जवाफदेहीता हो । सरकारले एउटा पनि नखोल्ने भएकालाई बन्द गरिदिने ?’ सरकारले ल्याउने बजेट र विदेशबाट आउने बजेटलाई समेत लागू औषध नियन्त्रणमा प्रयोग गर्नुपर्नेमा उनको जोड थियो । 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार