बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो 

बुधबार, असार १२, २०८१

विराटनगर । बाढी पसेपछि बन्द भएको विराटनगर विमानस्थल खुलेको छ । वर्षा रोकिएको र बाढीको पानी सुकेसँगै विमानस्थलको उडान अवतरण सुरु गरिएको विराटनगर विमानस्थल कार्यालयले जनाएको छ । बस्तीबाट ओभरफ्लो भएर विराटनगर विमानस्थलको १ नं गेटबाट  बाढी पसेपछि बुधबार बिहानैदेखि विमानस्थल बन्द गरिएको थियो । बस्तीबाट ओभरफ्लो भएर पसेको बाढीले विमानस्थल जाने बाटो अवरुद्ध बनेको थियो । विमानस्थलको  पार्किङ क्षेत्रमा र  हेलिप्याडमा समेत बाढीको पानी पसेर डुबानमा परेको थियो । तर, विमानस्थलको धावनमार्गमा बाढी नपसेको हुनाले वर्षा र बाढीको प्रभाव कम हुनासाथ विमानस्थलबाट उडान र अवतरण सुरू गरिएको छ ।

 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  २०:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार