कस्तो छ आजको मौसम पूर्वानुमान ?

बिहीबार, असार १३, २०८१

काठमाडौँ । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव  रहेको छ ।  हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती,कोशी र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ।कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती,लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।  त्यस्तै आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ। कोशी, मधेश र बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी ,मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १०:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार