नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महामन्त्रीमा श्रेष्ठ निर्बाचीत

बिहीबार, असार १३, २०८१

काठमाडौं । नेपाली कांग्रेसका युबा नेता मनहरी श्रेष्ठ नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महामन्त्रीमा निर्बाचीत भएका छन् । भर्खरै काठमाडौंमा सम्पन्न नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम महाधिवेशनबाट श्रेष्ठ महामन्त्रीमा निर्विरोध निर्बाचीत भएका हुन् । कांग्रसको भातृ संगठन नेविसंघको कार्यबाहक अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका श्रेष्ठ कांग्रेसको महासमिति सदस्य पनि हुन् । महासंघको महाधिवेशनबाट अध्यक्षमा ओम घर्तिमगर,उपाध्यक्षमा विश्वदिप लिङ्देन लगायत अन्य पदाधिकारी र सदस्यहरु निर्बाचीत भएका छन् ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार