साक्षरतामा देशकै पुछारमा रहेको रौतहटको मान राखिन् अञ्जली कुमारी झाले

बिहीबार, असार १३, २०८१

रौतहट- शिक्षा र साक्षरताको क्षेत्रमा देशकै पुछारमा रहेको सिंगो रौतहट जिल्लामा एक जना छात्राले उत्कृष्ट नतिजा ल्याएकी छिन् । अञ्जली कुमारी झाले एसइई परीक्षामा शतप्रतिशत पूर्णाङ्क ल्याएर मान राखेकी हुन् । बिहीबार प्रकाशित भएको २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा शतप्रतिशत अंक (फोर जिपिए) ल्याएर  अञ्जली कुमारी झाले सिंगो जिल्लाकै मान राखेकी हुन् । रौतहटको पूर्वीभेग दुर्गा भगवती गाउँपालिका-३ मत्सरी गाउँका अशोक झाकी छोरी अञ्जलीले वडा नम्बर १ स्थित बाल निकेतन रेसिडेन्टल स्कुलमा प्रारम्भिक शिक्षा कक्षा १ देखि ७ सम्म अध्ययन गरेकी थिइन् थिइन् । सुरूदेखि नै अत्यन्तै लगनशील, मिहेनती र अनुशासित छात्राको रुपमा रहेको विद्यालयका संस्थापक अश्वीन चौधरीले बताएका छन् । उनी कक्षा ८ देखि सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियामा अध्ययन् गरिरहेकी थिइन् । प्रकाशित भएको नतिजा अनुसार उनी शतप्रतिशत अर्थात (४ जिपिए) ल्याए उत्तीर्ण भएकी हुन्। सिंगो नेपालमै १८६ जना परीक्षार्थीले मात्रै उनको बराबर नम्बर ल्याउन सकेको देखिन्छ । एसइई परीक्षाको नजितामा देशभरिमा शतप्रतिशत (४ जिपिए) नम्बर ल्याएर १८६ जना छात्रछात्राहरू उत्तीर्णमध्ये अञ्जली पनि एक हुन् । जिल्ला शिक्षा समन्वय इकाई रौतहटका परीक्षा सहायक दीपेन्द्र सिंहले पनि जिल्लामा शतप्रतिशत ल्याउने एक जना अञ्जली कुमारी झा मात्र रहेको पुष्टि गरेका छन् । परीक्षा सहायक सिंहका अनुसार एसइई परीक्षा २०८० मा रौतहटबाट कुल सहभागी ९ हजार १९३ परीक्षार्थीमध्ये ६ हजार ४८५ जना विभिन्न जिपिए ल्याएर उत्तीर्ण भएका छन्। बाँकी २ हजार ७०८ जना परीक्षार्थी अनुत्तीर्ण भएको जिल्ला समन्वय इकाई रौतहटले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार