एकीकृत समाजवादीको पदाधिकारी संख्या २१ सदस्यीय हुने

शुक्रबार, असार १४, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारीको संख्या २१ सदस्यीय बनाउने भएको छ । विहिबार बसेको सचिवालय बैठकले पधाधिकारीमा अध्यक्ष, सम्मानित नेता र वरिष्ठसहित ७ उपाध्यक्ष रहने भएका हुन् । त्यस्तै उपाध्यक्षमा एक महिला र एक मधेशी रहने व्यवस्था गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।  त्यसैगरी एक महासचिव, उपमहासचिव ४ र सचिव ७ जना बनाउने भएको छ । सचिवमा दलित, जनजाति र महिलाबाट एक-एक जना ल्याइने भएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०४:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार