टेरामक्सबारे उचित समयमा जवाफ दिन्छु : सांसद बस्नेत

शुक्रबार, असार १४, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले टेरामक्स प्रकरणबारे उचित समयमा जवाफ दिने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले टेरामक्सलाई लिएर संसद्मा आफूविरुद्ध कुराहरु आइरहेको भन्दै आफुले उचित समयमा जवाफ दिने बताएका हुन् । बस्नेतले टेरामक्स वार्षिक अर्बौं राजश्व बचाउने एकमात्र मन्त्र रहेको बताउदै टेरामक्स प्रणाली लागू नभएसम्म कल बाइपास गरेर कालोबजारी भइरहने बताए । उनले भने- 'मलाई पनि यो टेरामक्सको कुरा लिएर बेला–बेलामा, यसका बारेमा तीन जना सांसदहरुको नाम मुछिएको छ । एकदम कलिला–कलिला ओठ निर्चोदा दुध आउने माननियदेखि लिएर दाह्रीजुँगा फुलेकासम्म सबैले यो कुरा उठाइरहनुभएको छ । उचित दिन आएछ भने म यसको जवाफ दिनेछु ।' उनले संसारभरी टेलिफोनमा कल बाइपास टेरामक्स विधिले नै नियन्त्रण भइरहेको दाबी गर्दै टेरामक्स प्रकरणमा ठगीको धन्दा नभएको बताए । नेता बस्नेतले नेपालमा कल बाइपास गरेर वर्षको २५ अर्बभन्दा बढी राजश्व घोटला भइरहेको बताए । उनले भने- ‘मैले आँट गरेर यो विधि सुरुवात गर्न खोजेको हुँ । २५ अर्ब वार्षिक घटला गर्नेले कति अर्ब खर्च गरेर सम्बन्धित निकायहरुलाई ड्राइभर्ट गर्न खोजेको हो ? भविष्यले बताउला ।'

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १५:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार