काम सम्पन्न गर्नेलाई पुरस्कृत र नगर्नेलाई दण्डित गरिन्छ  : चिरिबाबु महर्जन

शनिबार, असार १५, २०८१

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आयोजनाहरुको समयमै निर्माण सम्पन्न गर्ने कम्पनीहरुलाई पुरस्कृत र नगर्नेलाई दण्डित गर्ने बताएका छन् ।  शनिबार ललितपुर महानगरपालिका वडा नम्बर २७ र २२ जोड्ने नख्खु खोला पुलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख महर्जनले आयोजना निर्माणका क्रममा कामको गुणस्तर र समयमा ध्यान दिन आग्रह गरे । उनले भने, ‘हामीले आयोजना निर्माणका क्रममा सबै ठेकेदारहरुलाई बोलाएर आयोजनाहरु समयमै सम्पन्न गर्न र कामको गुणस्तरमा ध्यान दिन आग्रह गर्दै आएका छौं । समयमै निर्माण सम्पन्न गर्ने ठेकेदार कम्पनीलाई पुरस्कृत र नगर्नेलाई दण्डित गर्छौं ।’
प्राकृतिक विपद्हरु बाजा बजाएर नआउने उल्लेख गर्दै कामका क्रममा गुणस्तरमा ध्यान दिन जरुरी रहेको उनको भनाइ छ । 

Photo-(14)-(1)-1719661627.jpg
 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार