पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलमा प्रतिलिटर २ तथा डिजल–मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य वृद्धि
सोमबार, असार १७, २०८१

काठमाडौं । नेपाल आयल निगमले पाँच रुपैयाँले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आइतबार नेपाल आयल निगमले विज्ञप्तिमार्फत पेट्रोलमा प्रतिलिटर २ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको जानकारी दिएको हो । हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् नै छ । नयाँ मूल्य हिजो आइतबार मध्यरातदेखि लागू भएको छ । 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०५:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार