ललितपुर महानगरपालिका–२४ नं. वडाद्धारा बाल क्लबलाई खेलकुदका सामाग्री वितरण 

सोमबार, असार १७, २०८१

ललितपुर महानगरपालिका २४ नं. वडा कार्यालय धापाखेल ललितपुरले चालु आर्थिक वर्षको वडा स्तरीय बजेटबाट बाल क्लबका प्रतिनिधिहरूलाई आज खेलकुद सामाग्री वितरण गरेको छ ।  वडा कार्यालयले बालबालिकाहरुलाई अभिमुखीकरण कार्यक्रमसहित खेलकुद सामाग्री वितरण गरेको हो ।  बाल अधिकार समितिको आयोजनामा भएको बालबालिकाहरूलाई खेलकुद सामाग्री वितरण तथा अभिमुखीकरण कार्यक्रममा वडाअध्यक्ष दिनेश जङग पाण्डे
बाल अधिकार समिति अन्तर्गत वडा स्तरीय बाल क्लबसहित १५ वटा बाल क्लबहरू क्रियाशील ।  बालबालिकाहरूलाई खेलकुद सामाग्री वितरण तथा अभिमुखीकरण कार्यक्रममा वडाअध्यक्ष दिनेश जङग पाण्डेले वडा कार्यालयले बालबालिकाको समग्र विकासलाई सहायोग हेतु खेलकुदका सामग्री वितरण गरिएको बताउनु भयो ।  बालबालिका भविष्यका कर्णाधार हुन उहाँले भन्नुभयो, बालबालिकालाई मानसिक तथा शारीरिक रुपमा तन्दुरुस्त राख्न खेलकुदका सामग्री सहायक सिद्ध हुने छ ।  कार्यक्रममा वडासदस्य इन्द्रा श्रीशले बाल क्लबहरूलाई पुनर्गठन गर्दै पुनर्ताजकी पनि गर्र्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा वडा सदस्य निशा मालबुलले बाल अधिकार समितिले सबै बाल क्लबहरूलाई समेटेर खेलुकुदका सामगी वितरण गर्न लागेको जनाउनु भयो ।  अर्का वडा  सदस्य उद्धब बस्नेतले वडा कार्यालयले उपलव्ध गराएको खेलकुदमा सामग्रीको समानुपातिक हिसाबले प्रयोग गर्न आह्वान गर्नुभयो । कार्यक्रममा वडा सदस्य हरिकृष्ण महर्जन, बाल अधिकार समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।
 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार