ज्येष्ठ नागरिकलाई ललितपुर महानगर–१४ नं वडाको सम्मान (भिडियोसहित)

सोमबार, असार १७, २०८१

तिखिदेवल(ललितपुर) । ललितपुर महानगरपालिका १४ नं. वडा कार्यालयले चालु आर्थिक वर्षको वडा स्तरीय बजेटबाट ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ । सामुदायिक भवन तिखिदेवलमा आयोजित कार्यक्रममा वडाका ६८ वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको हो । ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्नुअघि वडा कार्यालयले स्वास्तिक हेल्थ केयर सेन्टर तथा मेडिटेक फार्मेसीसँगको सहयोगमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो । 
ज्येष्ठ नागरिकको सुगर प्रेसर जाँच, आँखा तथा दन्त परीक्षण गरिएको थियो । कार्यक्रमकै क्रममा ज्येष्ठ नागरिकहरूलाई जेरियाट्रिक (उमेरसँग सम्बन्धित) स्वास्थ्य सचेतना पनि दिइएको थियो ।

Jestha-2-1719811308.jpg
उमेर ढल्कँदै गएपछि स्वास्थ्य तथा खानपानमा विशेष ध्यान दिनुपर्नेमा चिकित्सक टोलीले ज्येष्ठ नागरिकलाई सल्लाह सुझाव दिएका थिए । कार्यक्रममा ज्येष्ठ नागरिकलाई योग अभ्यास पनि सिकाइएको थियो । ज्येष्ठ नागरिक सम्मान तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष अमृतजंग महतले वडा कार्यालयले ज्येष्ठ नागरिक तथा बालबालिकालाई लक्षित गरी पार्क निर्माण गर्ने योजना बनाएको जानकारी दिनुभयो । उहाँले टेकु अस्पतालबाट गराइने विभिन्न खाले परीक्षण निःशुल्क तथा न्यून शुल्कमा गराउने योजना वडा कार्यालयले बनाएको जानकारी दिनुभयो । कार्यक्रममा वडा सदस्य सनत कार्कीले ज्येष्ठ नागरिकसहित उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो ।

Jest-1-1719811308.jpg
अर्का वडा सदस्य संगिता अछामीले ज्येष्ठ नागरिकलाई महानगरपालिकाले विशेष चासो दिएको बताउँदै वडा कार्यालयले पनि वर्षेनी ज्येष्ठ नागरिकहरूको सम्मान कार्यक्रम गर्दै आएको बताउनुभयो । कार्यक्रममा अर्का वडा सदस्य कुबेर केसीले ज्येष्ठ नागरिकलाई सम्मान गर्न पाउनु आफूहरूको लागि सौभाग्य भएको बताउनुभयो ।  कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । ज्येष्ठ नागरिकहरूले आफूहरूलाई सम्मान गरेको भन्दै वडाका जनप्रतिनिधिलाई आशिर्वाद दिएका थिए ।

 May be an image of 4 people, dais and text

May be an image of 2 people, dais and textMay be an image of 11 people, dais and text

May be an image of 4 people, newsroom, dais and text

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार