जन्मने बित्तिकै चन्द्रागिरिको बैंक खाता 

 २०८० साल साउन १ पछि जन्मेकाको खातामा ५ हजार 
सोमबार, असार १७, २०८१

ललितपुर । चन्द्रागिरि नगरपालिकाले नगरपालिकाभित्र  २०८० साल साउन १ गतेपछि जन्मिएका बालबालिकाका लागि पाँच हजारको मुद्दती खाता खोलिदिने भएको छ । नगरका स्थायी बासिन्दाका सन्तानका लागि नगरले खाता खोलिदिने भएको हो । चन्द्रागिरि नगरपालिका र एन आइ सि एसिया बैंक लि. बीच उक्त कार्यक्रमका लागि सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौता अनुसार शुन्य मौज्दातमा खाता खोली अत्यधिक ब्याजदर उपलब्ध गराइने छ । चन्द्रागिरि नगरपालिका निजि उद्यम , प्रबद्र्धन आर्थिक सहायता तथा अनुदान संचालन कार्यबिधि २०७८ अनुसार आर्थिक सामाजिक सुरक्षाका लागि उक्त कार्यक्रम लागु गर्न लागिएको हो । नगरप्रमुख घनश्याम गिरिले हालसम्म ९० जना बालबालिकाको नाम संकलन भएको बताए । उनले भने, ‘ १८ वर्षसम्म पैस झिक्न पाइदैँन तर आफूले थप्न पाइन्छ ।’ बचत गर्ने बानीको विकास  गर्न कार्यविधि बनाएर यो कार्यक्रम ल्याएका बताए । नगरप्रमुख गिरिले १८ वर्ष पुगेपछि त्यो बचत उनीहरुको शिक्षा वा उसले गर्न चाहेको व्यवसायमा लगानी गर्न सक्ने प्रष्ट पारे ।

WhatsApp-Image-2024-07-01-at-16.29.46-1719831166.jpeg
 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार