मन्त्रिपरिषद्को बैठक बस्दै, मुख्य सचिव नियुक्त हुनसक्ने

सोमबार, असार १७, २०८१

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । नियमित बैठक अन्तर्गत आज मन्त्रिपरिषद्को बैठक केहीबेरमा बस्न लागेको हो । आजको बैठकले मुख्य सचिव नियुक्त गर्न सक्ने बताइएको छ । बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै खाली भएको मुख्य सचिवमा तोयानारायण ज्ञावाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई, एकनाराण अर्याल र अर्जुन पोखरेलको नाम चर्चामा रहेको छ । 
 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार