पदाधिकारी बैठकमा देउवाको ब्रिफिङ, 'एमालेसँगको कुराकानी सकारात्मक छ'

सोमबार, असार १७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँगको सम्बन्ध सुमधुर रहेको बताएका छन् । आफ्नै निवास बुढानिलकण्ठमा जारी कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ता बारे बिफ्रिङ गर्दै एमालेसँगको सम्बन्ध सुमधुर रहेको र अहिले नै धेरै टिप्पणी नगर्न आग्रह गरेका छन् । बैठकमा देउवाले ओलीसँग भएको कुराकानीको ब्रिफिङ गर्दै सकरात्मक कुराकानी भइरहेको बताएको बैठकमा सहभागी एक पदाधिकारीले न्युज कारखानालाई बताए ।  शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस- एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ । 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १९:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार