सत्तारुढ गठबन्धनमा असमझदारी छैन : रेखा शर्मा

सोमबार, असार १७, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा असमझदारी बढ्यो भनेर बाहिर भएको चर्चा असत्य रहेको ब्रिफिङ गरेका छन् ।  सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले बाहिर भएको चर्चाको विषयमा जानकारी गराएको  र गठबन्धन लामै समय जाने स्थिति बनेको ब्रिफ गरेको विषय सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्  । उनले भनिन्, ‘प्रधानमन्त्रीले बाहिर चर्चामा आएको विषयको ब्रिफिङ गर्नुभयो । ओली र प्रधानमन्त्रीको हिजो पनि आज पनि बैठक भएको कुरा त बाहिर आएकै छ । बाहिर असमझदारी बढे भन्ने खालका जुन कुराहरु आए त्यो असत्य हुन् यो छलफल सकारात्मक ढङ्गले अगाडि बढेको छ । यो गठबन्धन लामै समय जाने स्थिति बनेको छ भनेर ब्रिफ गर्नुभएको छ ।’

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १९:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार