फेरिँदै समीकरण

कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, सुरुमा ओली प्रधानमन्त्री बन्ने
मंगलबार, असार १८, २०८१

काठमाडौं । संस्दको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले नाटकीय रुपमा सरकार बनाउन सहमति भएका छन् । काँग्रेस–एमाले बीच नयाँ सरकार बनाउने सहमति भएसँगै संसदको बाँकी अवधिसहित दूरगामी राजनीतिक स्थिरता कायम हुने अपेक्षा गरिएको छ । साेमबार राति दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको दुबै दलनिकट नेताहरूले दाबी गरेका छन् ।  ललितपुरको एक होटलमा दुई दलका दोस्रो तहका नेताहरु लिखित सहमतिको मस्यौदा निर्माणमा जुटेका छन् । सहमतिपत्रमा हस्ताक्षर गरी मंगलबार नै सरकार निर्माणको प्रक्रिया थालनी गर्ने सहमति पत्र ड्राफ्ट गर्नेमध्येकै एक नेताले जानकारी दिए । दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ । दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०४:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार