रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति

मंगलबार, असार १८, २०८१

काठमाडौँ । रामबहादुर बम्जनलाई  जिल्ला अदालत सर्लाहीले १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको छ । बालयौन दुराचारमा दोषी ठहर भएका बमजनलाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार सो सजाय तोकेका हुन् । बमजनविरुद्धको याे मुद्धामा जन्मकैदको सजाय माग गरिएकोमा अदालतले १० वर्ष कैदको सजाय दिएको हो । उक्त फैसलाविरुद्ध सरकार र बमजन दुवैलाई उच्च अदालत जाने बाटो भने खुला छ ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०४:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार