सुनाकोठी स्वास्थ्य चौकी किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरण अभिमुखीकरण सम्पन्न

मंगलबार, असार १८, २०८१

सुनाकोठी (ललितपुर) । सुनाकोठी स्वास्थ्य चौकी किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका समाज कल्याण महाशाख जनस्वास्थ्य शाखाको आयोजनामा सोमबार सुनाकोठी स्वास्थ्य चौकी किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
सुनाकोठी स्वास्थ्य चौकी किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरण अभिमुखीकरण कार्यक्रममा ललितपुर महानगरपालिका २७ नं. वडाका वडा अध्यक्ष कृष्णहरि महर्जनले आफू जनप्रतिनिधिका रुपमा आएपछि स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिँदै काम गरेको बताउनु भयो । 

448978141_3787983668148699_2355522073774301852_n-1719876794.jpg

सुनाकोठी स्वास्थ्य चौकी किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरणका लागि ललितपुर महानगरपालिका समाज कल्याण महाशाख जनस्वास्थ्य शाखाका प्रतिनिधिले अस्पताल व्यवस्थापनसमितिका पदाधिकारी, छलफलमा सहभागी किशोर किशोरीलाई गोप्य रुपमा स्वास्थ्य चौकीको सेवा किशोरकिशोरी मैत्री भए नभएको परीक्षण गरेका थिए । परीक्षणपछि ललितपुर महानगरपालिका समाज कल्याण महाशाख जनस्वास्थ्य शाखाका प्रतिनिधिले सुनाकोठी स्वास्थ्य चौकी किशोरकिशोरी मैत्री रहेको अवगत गराएका थिए । महानगरपालिकाले स्वास्थ्य संस्था किशोरकिशोरी मैत्री भए नभएको प्रमाणिकरण कार्यक्रम सुरु गरिरहेको छ । 
किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरण अभिमुखीकरण कार्यक्रममा वडाअध्यक्ष कृष्णहरि महर्जनसहित वडा सदस्य रामदेवी महर्जन, श्यामकृष्ण महर्जन, वडा सचिव सनतकुमार थापा, सुनाकोठी स्वास्थ्य चौकीका प्रमुख डिल्लीराम श्रेष्ठ, वडा स्वास्थ्य कार्यान्वयन समितिका सदस्य, महिला स्वास्थ्य स्वयम सेविका, सञ्चारकर्मीसहित किशोर किशोरीको सहभागिता रहेको थियो ।  

448981681_7654707127939169_92975229757404977_n-1719876797.jpg
 

  

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०५:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार