प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा

मंगलबार, असार १८, २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न शीतल निवास पुगेका छन् । उनी केहीबेर शीतल निवास पुगेका हुन् । आजै बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि प्रधानमन्त्री प्रचण्डले पार्टीकको पदाधिकारी बैठक गरेका थिए । माओवादी केन्द्रले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने र संसदको सामना गर्ने निर्णय गरेको छ । राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउने बताइएको छ । प्रधानमन्त्रीले तत्काल राजीनामा नदिएर विश्वासको मतका लागि एक महिनाको समय लिएमा नयाँ सरकारको गठन बारे के गर्ने भन्नेमा कांग्रेस-एमालेसहित राष्ट्रपतिसमेत कानुनी परामर्शमा रहेको बुझिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार