ललितपुर महानगर–१४ नं वडाद्धारा महिला तथा युवाहरूलाई एक महिना संगीत प्रशिक्षण (भिडियो) 

मंगलबार, असार १८, २०८१

तिखिदेवल (ललितपुर) । ललितपुर महानगरपालिका १४ नं वडामा महिला तथा युवाहरूका लागि संगीत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  महानगरपालिका १४ नं. वडाको आर्थिक सहयोगमा निरभाना म्युजिकलले आयोजना गरेको एक महिने संगीत प्रशिक्षण कार्यक्रम हिजो सोमबार सम्पन्न भएको हो ।  महिला तथा युवाहरुका लागि संगीत प्रशिक्षण कार्यक्रममा १० जना महिला तथा युवाहरूको सहभागिता रहेको थियाे । एक महिनासम्म तालिममा सहभागी भएका प्रशिक्षार्थीलाई कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं १४ का अध्यक्ष अमृत जङ्ग महतले प्रमाण पत्र वितरण गर्नुभयो । एक महिने उक्त संगीत प्रशिक्षण कार्यक्रममा श्यामकुमार महर्जनले सहभागी प्रशिक्षार्थीहरूलाई संगीत सिकाउनु भएको थियो । आर्थिक विकास क्षेत्रको युवा तथा खेलकुद उपक्षेत्रमा महिला तथा युवाहरूलाई वाद्यबाधन तालिम शीषर्कमा  वडास्तरीय बजेट विनियोजन गरी उक्त प्रशिक्षण कार्यक्रम गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं १४ का वडाअध्यक्ष अमृतजंग महतले युवाहरूलाई बेलैमा संगीत सिकाउनका लागि बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । यो बजेट कार्यान्वयनका लागि धेरै पटक सूचना निकालियो, तर सहभागिता नहोला भन्ने डर थियो पछि महिला समूहका दिदी बहिनी मिलेर आएपछि यो कार्यक्रम सम्पन्न भएको हो उहाँले भन्नुभयो । कार्यक्रममा वडा सदस्य कुबेर केसी, सनत कार्की, कार्यपालिका सदस्य सानुकाजी तोलाङे पनि उपस्थित हुनुहु्न्थ्यो । एक महिने तालिम लिएका प्रशिक्षकहरूले आफूहरूका लागि यो कार्यक्रम फलदायी भएको प्रतिक्रिया दिए । 
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार