विद्यार्थीलाई सफ्टवेयर कोडिङ तालिम 

विद्यार्थी भन्छन् —एकदमै उपयोगी
मंगलबार, असार १८, २०८१

ललितपुर । ललितपुर महानगरले एसइई दिएर बसेका विद्यार्थीका लागि आयोजना गरेको १ महिने सफ्टवेयर कोडिङ तालिम सकिएको छ । तालिम लिएका विद्यार्थीलाई महानगर प्रमुख चिरीबाबु महर्जन प्रमाणपत्र दिए । उनले भने, ‘ यो प्रमाणपत्रले तपाईंको सिभी बलियो बनाउँछ, करियर अघि बढाउन सहगोग पुग्छ ।’ आफूलाई यो तालिमबारे धेरै कुरा थाहा नभएको बताउँदै उनले भने, ‘फुर्सद भएका भए म पनि तपाईंहरुसँगै तालिम  लिन्थेँ । ’  सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता राजु महर्जनले यो तालिम उपयोगी भएको बताए ।

WhatsApp-Image-2024-07-02-at-14.37.29-1719918169.jpegउनले भने, ‘तालिम लिएपछि आफूलाई चाहिने पकेट मनी कमाई गर्न सकिन्छ, आफ्नो खर्च बुवा,आमासँग माग्नु पर्दैन ।  ’ आगामी आर्थिक वर्षमा अन्य समूहलाई बेसिक तालिम र यो समूहलाई एडभान्स तालिम दिने जानकारी दिए । सामाजिक विकास समिति सदस्य उमा श्रेष्ठ बज्राचार्यले तालिमले रोजगारी सिर्जना गर्ने बताउँदै आर्थिक रुपमा आत्मनिर्भर बन्न सहयोग गर्ने बताइन् । तालिम प्रदायक संस्थाकी  प्रतिक्षा पाण्डेले कम्प्युटरले बुझ्ने भाषामा दिने आदेश कोडिङ भएको बताइन् । प्रविधिको आवश्यकता र ज्ञान सबै विषयमा आवश्यक भएको बताउँदै  सफ्टवेयर इन्जिनियरिङ पढ्नेका लागि त यो तालिम महत्वपूर्ण भएको स्पष्ट पारिन् । तालिममा सहभागी विद्यार्थीले महानगरले एसइई दिएका विद्यार्थीलाई उपयोगी तालिम दिएको बताए ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार