प्रतीक थापालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

मंगलबार, असार १८, २०८१

काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थापालाई काठमाडौं जिल्ला अदालतले उनलाई थुनामा राख्न आदेश दिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित रहेका थापालाई गत शुक्रबार काठमाडौंको बौद्धबाट पक्राउ गरेको थियो ।  यस प्रकरणमा थापासहित ३० जनाविरूद्ध ०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १८:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार