सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठक सकिएको छ । पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा पार्टी उभिने निर्णय गरेको छ । बैठकपछि अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले संविधानले काम नगरेको र दलहरुबीच नयाँ समझदारी हुनुपर्छ भन्दै आएको बताउँदै कांग्रेस र एमालेले नयाँ सहमतिमा संविधान संशोधनलाई प्रमुख विषय बनाएकोलाई स्वागत गरेको बताएका हुन् । अध्यक्ष लिङदेनले कांग्रेस र एमालेले यो समझदारीलाई कसरी अगाडी बढाउछन् भन्ने विषय आफूहरुले नजिकबाट हेर्ने र सोही अनुसार निर्णय गर्ने उनले बताए । उनले आफूहरुले कुनै एजेन्डा बनाएर छलफल नगरेको तर फेरिएको राजनीतिक परिस्थितिको बारेमा मात्र छलफल गरेको बताए ।