खेतबारीमा नै कुहिन थाल्यो तरकारी 

मंगलबार, जेठ १८, २०७८

चितवन । निषेधाज्ञाका कारण खेतबारीमा उत्पादन भएको तरकारीले मूल्य नपाउँदा र बिक्री समेत कम हुन थालेपछि  किसान समस्यामा परेका छन् । पछिल्लो समय  यसको बिक्री वितरण न्यून भएपछि  खेतबारीमा नै कुहिन थालेका छन् । धमाधम तरकारी बिक्री गर्ने बेलाका निषेधाज्ञा जारी भएपछि किसान चिन्तित बनेका हुन् ।  बारीको तकारी टिपेर बजार पु¥याउँदा लाग्ने खर्च समेत नधान्ने उनीहरु गुनासो गर्दछन् । जिल्ला ताजा तरकारी फलफूल उत्पादक सहकारी सङ्घ चितवनका सचिव रामचन्द्र रेग्मीका अनुसार बजारका करेला प्रतिकेजी रु पाँचमा पनि बिक्री गर्न मुश्किल परेको थियो । गत चैतको पहिलो हप्ता सो तरकारी  प्रतिकेजी  १ सय २० रुपैयाँमा बिक्री भएको थियो । अहिले तनेबोडी प्रतिकेजी १० रुपैयाँमा बिक्री हुने गरेको छ । यसको पहिलेको मूल्य १ सय २० रुपैयाँ नै थियो । 
उनका अनुसार ९० रुपैयाँमा मा बिक्री भएको घिरौंला अहिले प्रतिकेजी २५ रुपैयाँ छ । ८५ रुपैयाँमा मा बिक्री भएको रामतोरी १५ रुपैयाँमा समेत बिक्री गर्न कठिन छ । ५ रुपैयाँमा झरेको गोलभिँडा २५ रुपैयाँमा सम्ममा बिक्न शुरु भएको छ । १० रुपैयाँमा बिक्री हुन नसकेको भेन्टा १५ रुपैयाँमा सम्ममा बिक्न थालेको उनले जानकारी दिए । चिचिण्डा बिगतमा झै २० रुपैयाँ हाराहारीमा बिक्री भएको छ । नारायणगढ स्थित तरकारी तथा फलफूल स्थलमा निषेधाज्ञा जारी भएपछि दैनिक दुईदेखि तीन टन तरकारी बिक्रीहुन नसकेर खेरा जाने गरेको छ ।  तरकारीले उचित मूल्य नपाउँदा जिल्लाका  किसान चिन्तित छन् । भरतपुर महानगरपालिका २६ मा मामा भान्जा कृषि फर्म सञ्चालन गर्दै आउनु भएका सुनिल गुरुङ्ले बजारमा उचित मूल्य पाउन नसकेको गुनासो गरे । उनको बारीमा अहिले लौका, करेला, तनेबोडी, स्टिकलेस बोडी, सिमि र घिरौला रहेका छन् । उनले भने, “दैनिक १ देखि १ दशमलब ५ टन तरकारी बजारमा जान्छ ।  पहिलेको भन्दा आधा पनि मूल्य परेको छैन ।”  अघिल्लो वर्षको लकडाउनका कारण मारमा परेका किसान यस वर्ष पनि घाटा बहोर्नु परेको उहाँले जानकारी दिनुभयो । खद्रौलीमा सुवेदी कृषि फर्म सञ्चालन गर्दै आउनु भएका सुभद्रा सुवेदीले  किसानसंग अहिले नोक्सानीको हिसाव गर्नु वाहेकको विकल्प नरहेको बताउँछन् । उनले भने, “स्थानिय प्रशासनले हाटवजारहरु बन्द गरिदिदाँ र बजारसम्म पु¥याउन कठिन हुँदा उचित मूल्य पाउन सकिएन ।”
निषेधाज्ञा अघि तरकारी लिनका लागि व्यवसायी खेतबारीमा नै आउने गरेको भए पनि अहिले बन्दाबन्दीका कारण व्यवसायी आउन छोडेको उनको गुनासो छ । उहाँले तरकारीहरु अन्य बालीजस्तो भण्डारण गर्न नसकिने भएकाले समयमै बजारमा लगेर बिक्री नगरे कुहिएर खेरा जान्छ । 
पश्चिम  चितवन तरकारीको मुख्य पकेट क्षेत्र हो । यहाँको तरकारी स्थानिय वजार संगै काठमाडौँ, पोखरा, बुटवल जाने गरेको थियो । 
अहिले बारीमा गोलभेडा, काँक्रो, फर्सी, लौका, बोडी, करेला, खुर्सानी, रामतोरी, भेन्टा लगायतका तरकारी बजार लैजाने अवस्थामा  छन् । कृषि ज्ञानकेन्द्र भरतपुरका प्रमुख राजन ढकालले जिल्लामा उत्पादित तरकारीको बजार भाउ नपाउने अवथा रहेको भए पनि क्रमिक रुपमा सुधार हुँदै जाने बताए । बन्दाबन्दीका कारण कृषककोबाट तरकारी उठ्न नसकेको र कुहिएर जान थालेको  उनले जानकारी दिए । 
जिल्लामा वार्षिक ७ हजार ५ सय हेक्टरमा तरकारी खेती हँुदै आएको छ । यस समयमा दुई हजार ४ सय हेक्टर क्षेत्रफलमा तरकारी लगाइँदै आएको छ । वार्षिक रुपमा जिल्लामा एक लाख मेट्रिकटनको हाराहारीम उत्पादन हुँदै आएको कार्यालयले जनाएको छ । व्यवसायीले यहाँबाट पश्चिममा धनगढी र पूर्वमा बिर्तामोडसम्म तरकारी लैजान्थे । अहिले  कोहोलपुर पश्चिम र हेटौडा पूर्व तरकारी जान सकेको छैन । तरकारी यात्रुवाहक बसको छतमा राखेर पठाइन्थ्यो । अहिले सार्वजानिक यात्रुवाहक बस नचले पछि तरकारी पठाउन नसकिएको  व्यवसायीको भनाई छ ।
स्थानीय स्तरमा आफ्नै उत्पादन हुने मौषम भएकाले पनि खपत कम छ । निषेधाज्ञाले होटल, रेष्टुरेन्ट बन्दसंगै भोजभतेर नहुँदा तरकारीको  खपत समेत  घटेको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  ०६:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार