पोखरा महानगरको कार्यालयमा अख्तियारको छापा

मंगलबार, असार १८, २०८१

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा मारेको छ । मंगलबार अख्तियारले पोखरा महानगरको कार्यालयमा छापा मारेर कागजातहरु नियन्त्रणमा लिएको हो । पोखरा महानगरले मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजश्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले छापा मारेको हो । अख्तियारले सोही उजुरीको आधारमा छापा हानेर कागजातहरु नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १९:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार