गिरिजाबाबुले प्रजातन्त्र मात्र फर्काउनु भएन गणतन्त्र समेत ल्याउनुभयो : देउवा 

मंगलबार, असार १८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाबाबु नभएको भए देशमा राजनीतिक परिवर्तन र गणतन्त्र केही नहुने बताएका छन् ।  पार्टी कार्यालय सानेपामा मंगलबार आयोजित गिरिजाप्रसाद कोरालालको क्रान्तिदेखि शान्तिसम्म फोटो प्रदर्शनीका क्रममा उनले कोइराला २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा क्रियाशील रहेको भन्दै उनले गर्दा नै देशमा गणतन्त्र आएको बताए ।  उनले भने, ‘गिरिजाबाबु नभएको देशमा राजनीतिक परिवर्तन, गणतन्त्र केही पनि हुँदैन् थियो । त्यसैले गिरिजाबाबु २००७ सालको क्रान्तिदेखि नेपालको राजनीति, प्रजातन्त्रमा अत्यन्तै क्रियाशील, सक्रिय र जुझारु व्यक्तित्वका कारणले नेपालमा प्रजातन्त्र आएको हो । मैले विद्यार्थी बेलामा नै उहाँलाई चिनेको हुँ । ०२८ सालमा उहाँको समर्थन भएकै कारण पनि म नेविसंघको सभापति भएको हुँ ।’ उनले गरेको योगदान र प्राप्त गरेको उपलब्धिहरू बयान गर्न नसकिने पनि उनको भनाई छ । उनले भने, ‘नेपालमा प्रजातान्त्रिक आन्दोलन पनि २००७ सालदेखि नै लड्दै आउनु भएको थियो । उहाँ कहिल्यै नथाक्ने मान्छे हो । उहाँले गर्नु भएको योगदान, लड्नु भएको लडाइँ, प्राप्त गर्नुभएको उपलब्धी छोटो कुरा गरेर सकिदैन । उहाँले प्रजातन्त्रको लागि लड्दा लड्दा गणतन्त्र समेत ल्याउनुभयो ।’ कांग्रेसले गिरिजाप्रसाद कोइराला (गिरिजाबाबु) को शताब्दी जन्मजयन्तीमा मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी गरेको हो ।  पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति स्वर्गीय कोइरालाको १००औँ जन्मजयन्ती को अवसर मा ‘क्रान्तिदेखि शान्तिसम्म’ ऐतिहासिक तस्बिर प्रदर्शनी गरिएको हो ।  देउवाले उद्घाटन गरेको उक्त कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत विभिन्न दलका नेताहरुको उपस्थिति थियो । 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १९:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार