बढेको नुनको मूल्य लागू

बुधबार, असार १९, २०८१

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले नुनको मूल्य बढाएको छ । बढेको मूल्य बुधबारदेखि लागू भएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी नुनको मूल्य बढेको थियो । कर्पोरेशनको मंगलबार बसेको सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागू हुने गरी नुनको मूल्य बढाएको हो । अब आयो नुन एक केजीको प्याकेटको २६ रुपैयाँ पर्नेछ । यसअघि उक्त नुनको मूल्य प्रतिकेजी २३ रुपैयाँ थियो। यस्तै न्यू शक्ति नुनको मूल्य प्रतिकेजी १७ रुपैयाँबाट २० रुपैयाँ पु¥याइएको छ । भानु नुन प्रतिकेजी ९ रुपैयाँ यथावत छ ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार