सोह्रखुट्टेमा सडक भासियो

बुधबार, असार १९, २०८१

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा सडक भासिएको छ । बुधबार बिहान करिब ५: ३० बजे ठुलो आवाजका साथ सडक भासिएर पानी निस्किएको छ । बुधवार बिहान काठमाडौँ महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा ११ फिट गहिरो थियो र सो खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो । बिहानै परेको खाल्डोमा मोटरसाइकल खसेको छ भने चालक सकुशल रहेको प्रहरीले जनाएको छ । बाइकलाई क्रेनको मद्दतले बाहिर निकालिएको छ । जुद्ध समसेरको पालामा गाडिएको खानेपानीको पाइपबाट पानी आएको आशङ्का गरिए पनि पानी बन्द गर्दा समेत उक्त खाल्डोबाट पानी आउन बन्द भएको छैन । 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार