प्रतिनिधि सभाको सचिवमा नियुक्त अधिकारीले लिए शपथ

बुधबार, असार १९, २०८१

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा नियुक्त सुरेश अधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार सभामुख देवराज घिमिरेले अधिकारीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अधिकारीलाई सचिवमा नियुक्त गरेका थिए । संखुवासभा खाँदबारी नगरपालिका-२ निवासी अधिकारी शिक्षा मन्त्रालयको सचिवबाट अवकाश भएका थिए । प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिव नियुक्त भएपछि २०८० साल माघ २३ देखि सचिव पद रिक्त थियो ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १३:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार