‘बाल संगठनप्रति सरकार इमान्दार भएन, सहयोगी भूमिका खेलेन’

बुधबार, असार १९, २०८१

काठमाडौं । नेपाल बाल संगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेले वाल संगठनमा रहेका बालबच्चाहरुको अभिभारा उठाउने र व्यवस्थापन गर्नेखर्च राज्यले दिनुपर्ने बताएकी छन् । बुधबार महिला तथा सामाजिक मामिला समितिमा बसेको बैठकमा उनले राज्य भित्र जन्मिएको हरेक नागरिक राज्यको दायित्व भित्र पर्नुपर्ने बताइन । उनले भनिन्, ‘बाल संगठनसँग सरकारले मात्रदिएको जग्गाजमिन छैन् । थुप्रै व्यापारिक घरानाहरुले दिएको घरजग्गा छ । त्यसरी दिएको जग्गा पनि संस्थागत हिसाबमा अरुले अपचलन गरेको अवस्था छ । यसमा सरकारले दायित्व लिनुपर्ने थियो, किनभने बालबालिका भनेको राज्यका हुन् । राज्य भित्र जन्मिएको हरेक नागरिक राज्यको दायित्व भित्र पर्छ । बाल संगठनले त्यसको अभिभारा उठाइरहेको छ । यो अभिभारा उठाउने खर्च राज्यले दिनुपर्छ, व्यवस्थापन राज्यले गर्नुपर्छ ।’ नेपालमा नेपाली नागरिक कसरी हुर्किरहेका छन् त्यसको निगरानी पनि राज्यले नगरेको पनिउनको भनाई छ । उनले भनिन्, ‘नेपालमा नेपाली नागरिक कसरी हुर्कीरहेका रछन् त्यो पनि सरकारले बुझेको छ जस्तो मलाई लाग्दैँन् । होइनभने चेलिबेटी बेचबिखन खाडी पलायन र बच्चा बेचिएका छन् त्यो सबै राज्यको निगरानीमाहुनुपर्ने हो तर त्यस्तो देखिदैन् ।’ उनले बाल संगठनमा धेरै वेतिथिहरु रहेको भन्दै आफूले तीनवर्षको अवधी मानि स्वार्थ रुपमा संगठनको लागि काम गरेको बताइन् । उनले भनिन्, ‘बाल संगठनमा धेरै वेतिथिहरु छन् । चार वर्षमा कालो धुने काम गरें । २४ घण्टा काम गरिरहेको छु । मैले यो अवधीभर कुनै तलब, भत्ता, सेवा सुविधानलिई काम गरेको छु । हामीले पैसाको खाँचो भएर बाल संगठनमा भएको गाडीहरु पनि बेचेका छौ । तीन महिना भयो कर्मचारीहरुको तलबदिन सकेको छैन् । खाद्यान्नको ८०, ९० लाख बुझाउन सकेको छैन ।केन्द्रले प्रत्यक्ष हेर्ने बच्चाहरु दुई सयभन्दा बढि छन् ।’
 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार