अख्तियारकी आयुक्त सुमित्रा अमात्यको घरमा चल्यो ललितपुर महानगरको डोजर

बुधबार, असार १९, २०८१

काठमाडौं । ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल डोजर लगाएर भत्काएको छ ।  महानगरपालिकाले मन्दिरको जग्गा मिचेर बनाएको भन्दै ललितपुर महानगरपालिका–१०, चाकुपाटस्थित अमात्यको घरको पर्खाल भत्काएको हो । स्थानीय सम्पदा संरक्षण अभियन्ता र गुठियारको उजुरीको आधारमा महानगरको टोली डोजरसहित बुधबार पर्खाल भत्काउन पुगेको हो । डा. अमात्यले पर्खाल बनाएकी थिइन् । पर्खाल लगाउँदा मन्दिर र सम्पदाको जग्गा मिचिएको स्थानीयहरूको आरोप छ ।

No description available. स्थानीय बासिन्दाले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिनुका साथै अतिक्रमण हटाउन माग गर्दै आएका थिए । पछि त्यो ठाउँमा शहरी विकास मन्त्रालयले पार्क निर्माणको काम थालेको थियो । स्थानीय समुदाय र गुठियारले कुलपूजा गर्ने ठाउँमा समन्वय नगरी शहरी विकास मन्त्रालयले एकलौटी रूपमा पार्क बनाउन खोजेको भनी उजुरी परेको थियो । ललितपुरका मेयर चिरिबाबु महर्जनले स्थानीय ज्यापु समुदाय र गुठियारले जग्गा मिचेको उजुरी दिएपछि सम्बन्धित घरधनीलाई भत्काउन आग्रह गरेको बताए । तर आग्रह अस्वीकार गरेपछि मन्दिरको जग्गा संरक्षणका लागि डोजर चलाएको उनको भनाइ छ ।

No description available.

 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार