एमालेले फिर्ता लियो समर्थन, मन्त्रीहरुले राजीनामा दिँदै 

बुधबार, असार १९, २०८१

काठमाडौं । नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै पुष्पकमल दाहाल प्रचण्ड सरकार अल्पमतमा परेको छ । एमालेले हिजो मंगलबार २४ घण्टाभित्र राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई अल्टिमेटम दिएको थियो । तर, प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएपछि बुधबार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । एमालेले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र दर्ता गर्ने तयारी गरिरहेको छ ।  साथै समर्थन फिर्ताको पत्र दर्तासँगै एमालेका मन्त्रीहरुले राजीनामा दिने छन् । 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार