मधेशी आयोगका अध्यक्ष दत्त र इजरायलका राजदूतबीच शिष्टाचार भेट

बिहीबार, असार २०, २०८१

काठमाडौं । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त र नेपालका लागि इजरायलका राजदूत हनन गोदरबीच शिष्टाचार भेटवार्ता भएको छ ।  मधेशी आयोगको कार्यालयमा हिजो बुधबार भएको उक्त भेटमा प्रविधिमैत्री कृषि, इजरायलमा रहेका नेपाली समुदायका विद्यार्थी तथा कामदारको अवस्था, नेपाली विद्यार्थीका लागि छात्रवृत्तिलगायतका विषयमा छलफल भएको थियो ।  सो अवसरमा अध्यक्ष डा.दत्तले प्रविधिमा इजरायलले निकै विकास गरेको कुरा प्रशंसनीय रहेको बताए ।  अध्यक्ष डा. दत्तले तराई–मधेशको किसानहरुलाई प्रविधिको माध्यमबाट कृषि सम्बन्धी तालिमका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गर्ने आवश्यकता रहेकोले त्यस्ता कार्यक्रमहरुमा सहयोग गर्न राजदूत गोदरलाई आग्रह गरे ।  अध्यक्ष डा. दत्तले मधेशी युवाको सशक्तीकरणका लागि दुवै संस्थाले सहकार्य गरी विभिन्न सीपमुलक कार्यक्रमहरु समेत सञ्चालन गर्न समेत आग्रह गरेको अध्यक्ष डा.दत्तको सचिवालयले जानकारी दिएको छ ।  इजरायली राजदुत गोदरले गत वर्ष ४०० भन्दा बढी किसानहरुलाई कृषि सम्बन्धी तालिम दिएको अध्यक्ष डा. दत्तलाई जानकारी गराएका छन् ।  राजदूत गोदरले आगामी दिनमा आयोगसंग सहकार्य गरी विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गर्न आफू तयार रहेको समेत प्रतिबध्ता व्यक्त गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १०:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार