स‌घीय  सांसद एकनाथ ढकालद्धारा मलेसियन सभामुख जोहरी बिन अब्दुलसँग शिष्टाचार भेट

बिहीबार, असार २०, २०८१

काठमाडौं । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्रराष्ट्र मलेसियन प्रतिनिधि सभाका सभामुख जोहरी बिन अब्दुलसंग शिष्टाचार भेट गरेका छन् ।  मलेसियन संसद् भवनमा भएको भेटमा सांसद ढकालले संसदीय कुटनीति मार्फत नेपाल र मलेसिया बीचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पु¥याउनु पर्ने धारणा राखे ।  सांसद ढकालले नेपालको प्रतिनिधि सभाका सभामुख देबराज घिमिरिको तर्फवाट मलेसियन सभामुखलाई शुभकामना दिँदै उपयुक्त समयमा नेपालको मैत्रीपूर्ण भ्रमणका लागि समेत आग्रह गरेका थिए । मलेसियन सभामुख जोहरीले मलेसियाले नेपालसँगको मैत्रीपुर्ण सम्बन्धलाई उच्च महत्वमा राखेको बताउँदै अनुकुल समयमा नेपालको भ्रमण गर्ने बताएका थिए । सांसद ढकालले मलेसियामा ठूलो संख्यामा रहेका नेपालीहरुको हितका लागि आवश्यक पहल र सदभाबको लागि सभामुख जोहरीसँग आग्रह पनि गरेका थिए । भेटमा आपसी सम्बन्ध तथा क्षेत्रीय स्तरमा शान्ति र सहकार्यको लागि अन्तर–संसदीय पहलकदमी अघि बढाउने र नेपाल ( मलेसियाका जनप्रतिनिधि बीच निरन्तर  संवाद विस्तार गर्ने बिषयमा पनि छलफल भयो। पूर्वमन्त्री समेत रहेका ढकाल मलेसियाको ३ दिने मैत्रीपुर्ण भ्रमणमा छन् ।  ढकाल प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार