वालिङ नगरपालिकाले एसईईमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत

बिहीबार, असार २०, २०८१

स्याङ्जा । जिल्लाको वालिङ नगरपालिकाले २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ  । नगरपालिकाले नगरपालिका भित्र सामुदायिक तथा निजी विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने तिन÷तिनजना विद्यार्थीलाई बुधवार एक कार्यक्रमकाबीच सम्मान गरिएको हो ।
नगरपालिकाले सामुदायिक विद्यालयतर्फ प्रथम हुने पूर्णामृत भवानी माध्यमिक विद्यालयका दिप्सन न्यौपाने (३.९२ जीपीए)लाई १५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र, सोही विद्यालयका दुर्गावहादुर क्षेत्री (३.७७ जीपीए) दित्तिय भएका उनलाई १० हजार नगद पुरस्कारसहित प्रमाणपत्र र रणविर जनहित माध्यमिक विद्यालयका विटुकुमार यादव (३.७४) तितृय पुरस्कार नगद ५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । 

449823100_1027555962710930_2380762473362744548_n-1720071089.jpg
नीजि विद्यालयतर्फ नेपाल आदर्श माध्यमिक विद्यालयका दुर्गादेवी रेग्मी र पिस जोन इन्ट्रिग्रेटेड ऐकेडेमीका समिर सिंह ( ३.९२ जीपीए) प्रथम स्थान हासिल गरेका उनीहरुलाई १५ हजार नगदसहित प्रमाणपत्र, वालविद्या विकास माध्यामिक विद्यालयका दिविशा खनालले ३.८५ जीपीए ल्याएर दित्तिय भएकी उनलाई १० हजार नगदसहित प्रमाणपत्र र पायोनियर हायर एजुकेशन एकेडेमीका सुजता श्रेष्ठले ३.८४ जीपीए ल्याएर तितृय स्थान हासिल गरेकी उनलाई नगद ५ हजारसहित प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो ।
नगरपालिकाले गत वर्ष २०७९ मा सामुदायिकतर्फ पूर्णामृत भवानी माध्यमिक विद्यालयका ३.८ जीपीए ल्याएका समिक्षा भुषाल र राजीव पंगेनी र संस्थागत विद्यालयतर्फ पिस जोन इन्ट्रिग्रेटेडका संगिता भुषालले ४ जीपीए ल्याएर उत्कृष्ठ नतिजा ल्याउन सफल भएकोमा उनीहरुलाई समेत नगदसहित प्रमाणपत्रद्धारा सम्मान गरिएको नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
सामुदायिक तथा संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीको क्षमता वृद्धि गर्ने उद्देश्यले विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गर्ने नीति लिएको वालिङ नगरपालिका उपप्रमुख कविता तिवारीले जानकारी दिइन् । तिवारीले सम्मान कार्यक्रममा यसवर्ष एसईई परिक्षामा उत्तिर्ण सम्पूर्ण विद्यार्थीलाई वधाई तथा शुभकामना व्यक्त गरेकी छन् । 
नगरपालिकाको शैक्षिक गुणस्तर खस्कँदै गएको प्रति चिन्ता व्यक्त गर्दै उपप्रमुख तिवारीले सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरुले सरकारको लगानीअनुरुप नतिजा सुधार्न आग्रह गरिन् । शिक्षा क्षेत्रमा नगरपालिकाले सिटिईभिटी थुमपोखरामा अध्यायन गर्न चाहने विद्यार्थीहरु १४ जनालाई नगरपालिकाले छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिइन ।
वालिङ नगरपालिकाबाट शैक्षिक सत्र २०८० सामुदायीक तथा संस्थागत गरी २६ विद्यालयवाट कुल ८ सय २३ विद्यार्थीले एसईई परीक्षामा सहभागी भएका थिए । जसमध्ये ४ सय १८ जना पास भएका थिए । यि मध्ये भुम्रे माध्यमिक विद्यालयवाट ३४ जनाले परिक्षा दिएकामा ३४ जना अनुत्तिर्ण भएपछि सून्य नतिजा ल्याएको थियो । 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार