रास्वपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिने

प्रचण्डलाई छिटो विश्वासको मत लिन सुझाव
बिहीबार, असार २०, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले तत्कालका लागि सरकारबाट नबाहिरिने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिटो विश्वासको मत लिन सुझाव दिएको पनि उनले बताए । 
विहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल पश्चात उनले प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गर्ने कुरालाई सकारात्मक रुपमा लिएको भन्दै विश्वासको मत लिने समयसम्म साथ दिने बताए । 
उनले भने, ‘जस्तो अवस्थामा अर्को गठबन्धन बनाइएको छ त्यो खासै विश्वास गर्न लायकको छैन । अहिले लोकतान्त्रिक विधि र पद्धतीमा संसदीय व्यवस्थालाई सम्मान गर्ने हो । अहिले जे अवस्था बनेको छ, त्यसमा राजीनामा दिने निर्णय नै हो । तर हिजोको साझेदारी मात्र होइन धेरै मुद्दमम एकै ठाँउमा थियौं । प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गर्छु भन्दा हामीले त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ र यो काममा धेरै ढिला गर्नु हुँदैन् । त्यतिबेलासम्म हामी तपाइँलाई साथ दिन्छौ भनेर भनेका छौं ।’
प्रधानमन्त्रीले संसदलाई फेस गरेर जवाफ दिने समयसम्म साथ आवश्यक रहेको जनाएपछि छिटोभन्दा छिटो संसद् फेस गर्न आफूहरूले सुझाव दिएको उनले बताए । 
उनले भने, ‘राजनीतिक घटनाक्रम जसरी बढेको छ त्यसमा मैले आफ्नो संवैधानिक अधिकारको प्रयोग गर्छु । संसद्लाई फेस गर्छु । किनभने मैंले संसदलाई जवाफ दिनुपर्छ । त्यो समयमा मलाई तपाईहरूले साथ दिनुपर्छ भने प्रधानमन्त्री ज्यूले भन्नुभाये । जतिसक्दो छिटो संसद्लाई फेस गर्ने काम मिलाउनु होला भन्यौं । यस बारेमा पार्टीमा आन्तरिक छलफल गर्छौ र जानकारी दिन्छौं भनेर हामी निस्किएका हौं ।’ उनीहरू रास्वपाको तर्फबाट सरकारमा भाग लिएका मन्त्रीहरूको राजीनामा दिन भनेर प्रधानमन्त्री निवास पुगेका थिए । 
 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार