उच्च शिक्षामा देखिएका समस्या समाधानकाे खोजी गर्दै जनभावना र नेसफिल्ड क्याम्पस  

गोदावरीमा अनुसन्धानमूलक दुई दिने राष्ट्रिय सम्मेलन
बिहीबार, असार २०, २०८१

चापागाँउ (ललितपुर) । गोदावरी नगरपालिका चापागाउँस्थित जनभावना क्याम्पस र ललितपुर महानगरपालिका लगनखेलमा रहेको नेसफिल्ड इन्टरनेशनल कलेजले उच्च शिक्षामा देखिएका चुनौतीका समाधानका उपाय खोज्न अनुसन्धानमूलक राष्ट्रिय सम्मेलन आयोजना गर्दैछन् । गोदावरीको होटल भ्यू भृकुटी गोदावरीमा भोलि असार २१ र पर्सि २२ गते SHIFTING LANDSCAPE AND FUTURE PARADIGM OF HIGHER EDUCATION  नाम दिएर राष्ट्रिय सम्मेलन आयोजना रिएको जनभावना क्याम्पसले जनाएको छ ।
सम्मेलनमा उच्च शिक्षामा अहिले देखिएका चुनौती खास गरी पाठ्यक्रम, प्रविधिको उपयोगसहित विश्वबजारमा विक्ने जनशक्ति उत्पादन कसरी गर्ने भन्ने लगायतका विषयमा छलफल हुने सम्मेलन आयोजक मध्येका एक जनभावना क्याम्पसका क्याम्पस प्रमुख शिवराज सञ्जेलले जानकारी दिए । 
सम्मेलनमा  सातै प्रदेशका ६० भन्दा बढी क्याम्पसहरूबाट प्राध्यापक–अनुसन्धानकर्ता, निजी क्षेत्रबाटअनुसन्धानमा संलग्नअनुसन्धानकर्तासहित १५० जना उपस्थिति रहने छ । जनभावाना क्याम्पसका क्याम्पस प्रमुख शिवराज सञ्जेलकाअनुसार दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा ४ वटा कार्यपत्र प्रस्तुत गरी छलफल हुनेछन् । 
सम्मेलनमा प्रमुख वक्ताका रुपमा प्राध्यापक डा. पुस्कर बज्राचार्य, प्रा.डा.युवराज संग्रौला, डा.गंगाराम गौतम, डा. निती अर्याल खनाल, डा. सि थ्रोङ सहभागी हुनेछन भने प्यानलिस्टका रुपमा प्रा.डिल्लीराज शर्मा, प्रा.डा. मनप्रसाद वाग्ले, डा. हरि लम्साल, डा. अमिना सिंह, नरोत्तम अर्याल, बन्दनाकुमारी जैन सहभागी हुनेछन् ।   
उच्च शिक्षामा अनुसन्धान, उच्च शिक्षामा डिजिटल प्रविधिको उपयोग गर्दै अहिले देखिएका समस्या समाधानको  खोजी  गर्नु र  वौद्धिक पलायनको   कारण र यसका  उपायको  खोजी गर्नु सम्मेलनको  उद्देश्य  रहेको  छ ।  

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार