निशा डाँगी भन्छिन्, 'महामन्त्रीलाई कारवाही गर्ने निर्णयमा मेरो पनि हस्ताक्षर छ'

बिहीबार, असार २०, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले महामन्त्री डा. मुकुल ढकाललाई कारवाही गर्ने निर्णय सर्वसम्मत भएको स्पष्ट गरेकी छन् । डाँगीले समाचारमा आएको जस्तो ५२ मध्ये आफू मात्र कारवाहीको विपक्षमा रहेको भन्ने कुरा गलत रहेको बताएकी छन् । उनले केन्द्रीय समितिको निर्णय सर्वसम्मत भएको र त्यसमा आफूले पनि हस्ताक्षर गरेको बताइन् । उनले भ्रामक र तथ्यहीन समाचारमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेकी छन् । यसअघि रास्वपाका सहप्रवक्ता मनिष झाले पत्रकार ब्रिफिङमा डाँगी बाहेक सबै ५१ केन्द्रीय सदस्यले महामन्त्रीलाई कारवाही गर्नुपर्ने बताएको जानकारी दिएका थिए । बुधबार रातिसम्म बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई ७ दिनको लागि महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निलम्बन गरेको छ ।
   

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १३:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार