सहकारी छानबिन संसदीय समितिले गृहसचिव र महानिरीक्षकलाई बोलायो

बिहीबार, असार २०, २०८१

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ ले गृहसचिव र प्रहरी महानिरीक्षकलाई छलफलका लागि बोलाएको छ । समितिको विहिबार बसेको नवौं बैठकले गृहसचिव र प्रहरी महानिरीक्षकलाई शुक्रबार छलफलका लागि बोलाएको समितिका सभापति सुर्य थापाले जानकारी दिएका छन् । आजको बैठकमा समितिले महालेखापरिक्षक तोयम राय, सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभागका महानिर्देशक  कमल भट्टराई र सहकारी बिभागका रजिष्ट्रार पिताम्बर घिमिरेलाई बोलाएर छलफल गरेको सभापति थापाले जानकारी दिएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १९:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार