घट्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर 

शुक्रबार, असार २१, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारक लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।  राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्डको खरिद र बिक्रीदरले १७० रुपैयाँ पार गरेको छ ।  आज अमेरिकी डलर र कतारी रियालको मूल्य घट्दा यूरो र बेलायती पाउण्डको विनिमयदर बढेको हो । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३० पैसा र बिक्री दर १३३ रुपैयाँ ९० पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ९२ पैसा र बिक्री दर १४४ रुपैयाँ ७५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ०२ पैसा र बिक्री दर १७० रुपैयाँ ७८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ०९:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार