३० दिनभित्र विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी 

शुक्रबार, असार २१, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक कानुनी व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिने भएका छन् ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा कानुनी प्रावधानअनुसार प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने जानकारी गराएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् । उनले भनिन्,‘सरकारले राजीनामा पनि गर्देन् । ३० दिन पनि काट्र्दैन् । हाम्रो संवैधानिक कानुनी व्यवस्था अनुरुप संसदमा म विश्वासको मतको सामना गर्छु भन्नुभएको छ । कुन दिन गर्ने भन्ने निर्णय भैसकेको छैन् । तर सकेसम्म विश्वासको मत फेस गछौं । राजीनामा दिने भन्ने छैन् ।’  

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ०९:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार