बेलायती पूर्व प्रधानमन्त्री लिज ट्रस पराजित

शुक्रबार, असार २१, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । बेलायती पूर्व प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीकी उम्मेदवार लिज ट्रसले आफ्नो संसदीय क्षेत्रमा पराजित भएकी छन् ।  ट्रस आफ्नो साउथ वेस्ट नोर्फोक सिटमा टेरी जेरेमीसँग ६३० मत अन्तरले पराजित भएकी छन् । टेरी जेरेमीले ११ हजार ८४७ मत प्राप्त गरे भने लिज ट्रसले ११ हजार २१७ मत प्राप्त गरेकी थिइन् । हारपछि ट्रसले भने, 'धेरै नीतिहरूमा हामीले जनताले अपेक्षा गरेजस्तो प्रदर्शन गर्न सकेनौं । हाम्रो पार्टी करको दर घटाउन र आप्रवासन घटाउन असफल भयो ।'  यस निवाचनमा लेबर पार्टी १४ बर्षपछि सत्तामा फर्किएको छ । ६५० सिट रहेको बेलायतको तल्लो सदनमा लेबर पार्टीले अहिलेसम्म ४११ सिटमा जित हासिल गरेको छ भने कन्जरभेटिभ पार्टीले ११९ सिट जितेको छ । 


 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार