एमालेले दलाल पूँजीवादसँग अँगालो मार्दैछ : झलनाथ खनाल

शुक्रबार, असार २१, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादसँग अँगालो मारिरहेको आरोप लगाएका छन् । काठमाडौंमा शुक्रबार आयोजित महाधिवेशन समापन कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस दलाल पूँजीवाद रहेकोे आरोप लगाउँदै उनले कांग्रेससँग अँगालो मार्ने पार्टीले राष्ट्रको हित गर्न नसक्ने बताए । 
उनले भने, ‘कम्युनिष्ट आन्दोलनमा अहिले दक्षिणपन्थी अवसरवाद र दक्षिणापन्थी यथास्थितिवाद हाबी छ । आम कार्यकर्ताहरूले नयाँ विचार खोजिरहेका छन् । सही नेतृत्व खोजिरहेका छन् । सही पार्टी खोजिरहेका छन् । स्वयं नेकपा एमालेभित्र अहिले कार्यकर्ताहरूमा एक किसिमको भूकम्प गइरहेको छ । जुन प्रकारको नेतृत्व छ, त्यो नेतृत्व अब दलाल पुँजीवादसँग अँगालो मार्दैछ । दलाल पुँजीवादसँग अँगालो मार्ने कुनै पनि कम्युनिष्ट पार्टीले राष्ट्रको हित गर्न सक्दैन । यो कुरा नेकपा एमाले पार्टी तीन लाख ५० हजार सदस्यहरू रहेछन् । तीनिहरूले अब आजदेखि नै गम्भीरतापूर्वक सोच्नुपर्नेछ ।’
उनले नेपालको कम्युनिष्ट आन्दोलनमा अब नयाँ पुर्नगठन र एकताको प्रक्रिया सुुरुवात हुने बताए । नेकपा एसको विकास र विस्तारलाई रोक्न सक्ने शक्ति देशमा नै रहेको उनको दाबी छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १९:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार