मधेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

शुक्रबार, असार २१, २०८१

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज शनिबार विश्वासको मत लिने भएका छन् । उनले विश्वासको मत लिनको लागि आज बिहान ११ बजे प्रदेश सभा बोलाइएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । जनमत पार्टीका सिंह २५ जेठमा नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
यसअघि जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादव २३ जेठमा प्रदेश सभामा विश्वासको मत गुमाएर पद मुक्त भएपछि २५ जेठमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतसहित जनमतका सिंह मुख्यमन्त्री बनेका थिए । १०७ सदस्यीय प्रदेश सभामा अहिले सत्तापक्षीय एमालेको सभामुखसहित २५, जनमतको १३, माओवादी केन्द्रको ९, एकीकृत समाजवादीको ८ सिट छ भने नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको १–१ सिट छ ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  २०:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार