डलर र कतारी रियालको मूल्य घट्दा यूरो र पाउण्डको भाउ बढ्यो 

शनिबार, असार २२, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । शनिबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्डको खरिदले १७० पुग्दा बिक्रीदरले १७१ रुपैयाँ पार गरेको छ ।  त्यस्तै, आज अमेरिकी डलर र कतारी रियालको मूल्य घट्दा यूरो र बेलायती पाउण्डको विनिमयदर बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ २४ पैसा र बिक्री दर १४४ रुपैयाँ ८८ पैसा रहेको छ ।  बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ४४ पैसा र बिक्री दर १७१ रुपैयाँ २१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०७:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार