मोरिटानियाको तटीय क्षेत्रमा आप्रवासी डुङ्गा पल्टियो, मृतकको संख्या १०५ पुग्यो 

शनिबार, असार २२, २०८१

काठमाडौं । पश्चिम अफ्रिकी देश मोरिटानियाको तटीय क्षेत्रमा आप्रवासी डुङ्गा पल्टिँदा मृत्यु हुनेको संख्या एक सय ५ पुगेको छ ।  राहत तथा उद्धारका क्रममा ८९ शव मात्रै फेला परेका छन् । दक्षिणपश्चिमी सहर एनडियागोको माछा मार्ने संघका अध्यक्ष याली फलले सोमबारदेखि स्थानीयहरूले किनारबाट निकालिएका शवहरू गाडिरहेको जानकारी दिए । आप्रवासी अधिकार समूह वाकिङ् बोर्डर्सले सन् २०२४ को पहिलो पाँच महिनामा क्यानरी टापु पुग्ने प्रयास गर्दा समुद्रमा अहिलेसम्म ५ हजार बढीको मृत्यु भइसकेको छ । पश्चिमी अफ्रिकी देशको सरकारी समाचार एजेन्सी र माछा मार्ने संघका प्रमुखले शुक्रबार डुङ्गा पल्टिएको एक हप्ता भएको बताए ।  कोस्ट गार्डले १७० जनासहित युरोप जान लागेका ८९ आप्रवासीको शव फेला पारेको छ । पाँच वर्षीया बालिकासहित नौ जनाको उद्धार गरिएको छ ।   पश्चिम अफ्रिकाको तटबाट क्यानरी टापुसम्मको एट्लान्टिक प्रवासी मार्ग विश्वको सबैभन्दा घातक मार्गहरूमध्ये एक हो ।  यो मार्ग प्रायः अफ्रिकी आप्रवासीहरूले स्पेन पुग्न प्रयोग गर्छन् । 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०७:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार